चन्दननाथ मन्दिरको मूर्ति चोरी: पुजारी सहित ३० जना नियन्त्रणमा

Posted on: 03 Dec, 2016

नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारी सहित ३० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्ले सहितको टोली घटनास्थल पुगेको थियो । एआइजी विज्ञानराज शर्माको नेतृत्वमा सिआइबीको टोली जुम्ला पुगेर अनुसन्धान थालेको छ ।  

सिआइबीका डीएसपी अरुण पौडेल र मध्यपश्चिम क्षेत्रीय प्रहरीका अपराध अनुसन्धानमा सक्रिय इन्सपेक्टर वीरबहादुर थापासहितको टोली अनुसन्धानमा छ ।  क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानमा सहभागी रहेको डिआइजी नेपाल बताउँछन् ।  सिआइबीको टोलीलाई अनुसन्धानका लागि जुम्ला छाडेर एआइजी शर्मा र डिआइजी नेपाल फर्किसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!