अैाधाेगिक व्यापार मेलामा ५ कराेडभन्दा बढि काराेबार

Posted on: 15 Mar, 2016

शिव न्याैपाने/चैत्र २, पाेखरा । लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला ५ करोडभन्दा बढीको कारोवार गर्दै सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन २१ गतेदेखि सुरु भएको मेला करिब २ लाख दर्शकले अवलोकन गरेको सङ्घका महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । मेलाको समापन समारोहमा पोखराका शिक्षाविद् जर्ज जोनलाई सम्मान गरिएको छ ।

त्यस्तै मेलामा उत्कृष्ट ठहरिएका व्यापार कक्षहरू चम्पा कपडा, व्यापारमा हर्वल फुड्स प्रालि, शीतल जडिबुटी, रेन्वो ह्यान्डीक्राप्mट, एएसबी अटोमोबाइन्स, श्रीराम नर्सरी, जेनेक्स अटोमेशन प्रालि र इमोन क्याफेलाई सम्मान गरिएको छ । क्यान इन्फोटेकको सातौँ संस्करण सूचना प्रविधि मेला समेत समावेश गरिएको मेलामा विशेष प्रकारका ७८ वटा सूचना प्रविधि सम्वन्धी कक्ष सहित ३०६ व्यापार कक्ष राखिएको थियो ।

मेलामा अन्तर उद्योग वाणिज्य सङ्घ लोकदोहोरी प्रतियोगिता तथा ख्याति प्राप्त साङ्गीतिक समूह र लोक नृत्य लगायत कार्यक्रम गरिएको थियो । समापन समारोहमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले मेलाबाट उत्पादित वस्तुको बजारीकरणमा सघाउ पुगेको विचार व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!