२५ औँ अपांगता दिवस रामेछापमा पनि मनाईयो

Posted on: 03 Dec, 2016


मंसिर १८, रामेछाप । आज २५ औं विश्व अपांगता दिवस, नेपाल पनि विविध कार्यक्रमगरी यो दिवस मनाईंदै छ । विशेषतः अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले आज विविध चेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् ।

यसैबिच आज २५ औं अन्तराष्ट्रिय अपांगता दिवस, रामेछापमा पनि एक कार्यक्रम गरी मनाईंएको छ । ‘हाँसिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविष्य  भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।

शनिबार बिहान महिला तथा बालबालीका कार्यलय रामेछापको आयोजना तथा जिल्लामा अपांगताको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुको समन्वयमा निकालिएको ¥यालि मन्थली बजार परिक्रमा गरी जिल्ला बिकास समीतीको प्रांगणमा पुगी औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला विकास अधिकृत अधिकारीले अपाङ्गता भएका व्याक्तिले मात्रै हकअधिकार नखोजी आ–आफ्नो क्षेत्रबाट सबै क्षेत्रका व्यतीहरुले उनीहरुको हक हितका बारेमा वकालत गर्नु सबैको  दायित्व रहेको बताउनु भयो ।

कार्यक्रममा प्रजिअ अधिकारी, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैरसरकारी सस्था महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ लगायतले अपांगता भएका ब्यक्तीहरुको हक अधिकारको लागी निरन्तर लागी पर्ने बताउनु भयो । 

कार्यक्रममा उपस्थीत अपांगता भएका ब्यक्तीहरुले आफुहरुलाई सार्वजनिक यातायातका साधनहरुले छुट नदिएको, सरकारी कार्यालयहरु अपांग मैत्री नभएको लगाएतको गुनासो गरेका थिए ।

नेपालमा करिब ३० लाख अपांगता भएका व्यक्तिहरु भएको तथ्यांकले देखाएको छ । अपांगताका क्षेत्रमा काम गर्न विभिन सरकारी र गैरसरकारी क्षेत्र क्रियाशिल रहेपनि आपंगताको क्षेत्रमा खासै परिवर्तन हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ । -नारायण श्रेष्ठको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!