ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 03 Dec, 2016

मङ्सिर १८, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथर भारता–५ स्थित गुराँसे भन्ने स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फिदिङ–८ लालीखर्कका ३० वर्र्षीय मनकुमार राई रहेका छन् । 

झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेका मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रक चालक निदाएका कारण उक्त दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!