'क्लिन रौतहट ग्रिन रौतहट' अभियान संचालन

Posted on: 03 Dec, 2016

मंसिर १८, रौतहट । रौतहट जिल्लालाई सफा र हरियो बनाउने उदेश्यका साथ किलिन रौतहट ग्रिन रौतहट अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ । 

आजको कार्यक्रमको अध्यक्षाको हौसियतबाट बोलदै प्रजिअ वराल संसारलाई वातावरणीय प्रदुशनबाट बचाउन यस्तो अभियान संजिवनी बुटी भएको बताए ।

विश्वको अहिले वातावरण विगे्रको अवस्थामा रौतहट जिल्लाको वातावरण सन्तुलन गर्नको लागी किलिन रौतहट ग्रिन रौतहट अभियान अन्तरगर्त वृक्षा रोपन अभियान संचालन गरिएको छ । किलिन रौतहट ग्रिन रौतहट अभियान अन्तर्गत आज रौतहट जिल्लाको विरेन्द्र राजमार्गको दुवै तिर बृक्षा रोपन गरिएको छ । 

जिल्ला प्रशासन रौतहटको अगुवाई तथा ग्रामिण विकास केन्द्र नेपाल रौतहटको सहयोगमा विरेन्द्र राजमार्ग अन्तर्गत सरुअठा बम नहर देखि झुन्खुनवा चौक हुदै पिप्रा भगवानपुर ईदरीस गेट सम्म करिव पाँच सय भन्द बढी विरुवा रोपीएको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ । 

कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले यस्तो कार्यक्रम समाजलाई राम्रो दिसा तर्फ उनमुख गर्ने भएकोले यसलाई निरंतरता दिनु अति आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा ग्रामिण विकास केन्द्र नेपालका जफीर अख्तर सहित करिव सय जना भन्दा बढीको सहभागीता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!