लडागडागाबिस पूर्ण खोप युक्त घोषणा गरीयो

Posted on: 04 Dec, 2016

मंसिर १८, डोटी । डोटीको लडागडा गाबिसलाई जिल्लाको ३५ औँ गाबिसका रुपमा शनिबार पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको छ । गाबिसका जन्मे देखि २३ महिना सम्मका बालबालीकाहरुले पाउनु पर्ने सम्पुर्ण खोप पाए पछि एक कार्यक्रमका बिच पूर्ण खोप युक्त गाबिस घोषणा गरिएको हो ।  

पूर्ण खोप युक्त गाबिस घोषणा कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै डोटीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद गौतमले खोप अनिबार्य लगाए विभिन्न रोगहरुबाट बच्न सकिने बताए । यस्ता अभियानलाई निरन्तर रुपमा अगाढी लैजानु पर्नेमा स्थानिय बिकास अधिकारी गौतमले जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले स्वस्थ मानिसको कमाइ धन हो । त्यसैले  सबैले आ–आफ्नो बच्चालाई  अनिवार्य नियमितरुपमा आगामि दिनमा खोपहरु लगाएर दिर्घ जिवनमा लाग्न र रोगबाट बच्न सुझाए थिए । 

घोषणा कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राम स्वार्थ याधवले दिर्घ रोगहरुबाट बालबच्चाहरुलाई बचाउन खोप अभियानलाई अनिबार्य बनाइएको जानकारी दिए ।

नेपालि कांगे्रस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजय खड्का,गैसस महासंघका अध्यक्ष रघु कठायत,नेपाल पत्रकार महासंघका जिल्ला सदस्य प्रकाश बम लगाएका बोल्ने बक्ताहरुले यस्ता अभियालाई दिगो रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।

खोप युक्त गाबिस घोषणा गर्न सहयोग गर्ने ब्यक्ति,संस्थालार्ई प्रमाण पत्र , कदर र दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो । यस्तै कार्यक्रममा बिभिन्न साँस्कृतीक भलकका साथै देउडा गाएक हरी जैशि,लोक देउडा गाएक प्रेम नेपाली लगायले आ –आफ्नो पस्तुति राखेका थिए ।

गाबिस सचिव लाल बहादुर बोगटीको अध्यक्षता गरीएको घोषणा कार्यक्रमको संचालन पत्रकार बिक्रम खड्काले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!