फेवा बैंकका अध्यक्षद्धारा राजीनामा

Posted on: 17 Mar, 2016

शिव न्यौपाने/ चैत ४, पोखरा । पोखराको फेवा विकास बैंकका अध्यक्ष जगन गुरुङले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । हिजो पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङ्गले बैंकको संचालक समितिले आफुलाई वाई पास गरी हिडेको र समयमै साधारण सभा गर्न नसकेको जनाउदै राजीनामा दिएको बताउनुभएको हो ।

आफ्नो राजिनामाको बिषयमा प्रष्ट पार्दैै उहाँले पौष मसान्त अगावै र सहमति गरेअनुसार भएको भएपनि फागुन मसान्तसम्म साधारण सभा समेत वोर्डले वोलाउन नसकेको कारणले गर्दा आफुले राजिनामा दिएको बताउनुभयो ।

वोर्डको औचित्य समाप्त भएको बताउदै उहाँले बोर्ड विवाद भएकोले केहि मर्जरका प्रस्तावहरु अघि बढेपनि अव्यवहारीक भएकाले आफुले त्यसलाई नमानेको कारण संचालकहरुले आफु विरोधि कृयाकलाप गर्न थालेको गुनासो गर्नुभयो । आफ्नो राजिनामासँगै उहाँले बैंकका केहि संचालकहरुले अध्यक्ष पदबाट हटाउने गैरकानुनी प्रयास बिरुद्ध अदालतमा गएको मुद्धा समेत फिर्ता लिने बताउनुभयो ।

फेवा विकास बैंकको वोर्डमा विवाद भएपनि व्यबस्थापन पक्षमा कुनै असर नपारेको बताउदै अध्यक्ष गुरुङले आफुले विगत ८ बर्षदेखि विश्व विकास बैंकको अध्यक्ष सम्हालेको अनुभवको कारणले गर्दा पनि आफु कुनै वित्तिय संस्था हाक्न सक्ने क्षमता भएको दाबी गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!