१२ बुँदे सहमतिसँगै डा. केसीले २२ दिन लामो अनसन तोडे

Posted on: 04 Dec, 2016


मङ्सिर १९, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ । 

सरकार र डा.केसीबीच भएको सहमतिअनुसार सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मौजुदा कानुनमा परिवर्तन गर्न तीन महिनाभित्र सुझाव दिनेगरी उच्चस्तरीय समिति गठन हुने भएको छ। समितिको नेतृत्व त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा वा विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष डा. पराशर कोइरालाले गरेका छन्।

२०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ । सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ ।

सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!