पाेर्क फेस्टिभलकाे पूर्व सन्धामा महाेत्सव स्थलमा सेना द्धारा सरसफाइ

Posted on: 17 Mar, 2016

शिव न्याैपाने/चैत्र ४, पाेखरा । पोर्क फेस्टिभलको पूर्व सन्ध्यामा महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेनाद्धारा सरसफाइ गरिएको छ ।

महोत्सव स्थल रंगशालामा हिजो नेपाली सेना सिद्धिबक्स गण फुलबारीका मेजर बोधराज ढकालको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको हो । टोलीले महोत्सव स्थल वरपरका फोहोरहरु संकलन गर्नुका साथै वरपर रहेका ढुंगाहरु समेत हटाएको छ । साथै अफ्ठ्यारा ठाउहरुमा बाटो समेत मर्मत गरेको थियो ।

चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हुदैछ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!