सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा पोखरामा झडप

Posted on: 04 Dec, 2016

मंसिर १९, पोखरा । लामो समय पछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा झडप भएको छ । 

गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा लाइन लाग्ने क्रममा धकेला धकेल गरे पछि प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्ज बाट सवारी चालक अनुमति पत्रको फारम लिन  बसेका घाइते भएका छन् ।

दशै पछि खुलेको अनुमति पत्रको फारमभर्न बिहानै देखि लामो लाइन लागेको थियो । आइतबार मात्रै गरि ३ हजार ६ सय जनाले टोकन लगेको गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चाल अनुमतिपत्र कार्यालयका प्रमुख कृर्तनराज पौडेलले जानकारी दिए ।

उनले प्रत्येक हप्ता ३ सय जनाको लिखित र प्रयोगात्मक परिक्षा लिई अनुमतिपत्र दिने बताए । ३ हजार ६ सय जनाले फागुन १५ सम्ममा लिखित र प्रयोगात्मक परिक्षा दिइ सक्ने उनको भनाई थियो । उनले चार पाङगे सवारीको लागि मंगलबार आबेदन खुल्ला हुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!