सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई पादर्शी बनाउन: लोकपाल

Posted on: 04 Dec, 2016


मङ्सिर १९, नवलपरासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन । 

यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ्र्रिडम फोरमद्धारा अयोजीत कार्यक्रममा उनीहरुले बताएका हुन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारीताका लागि लोकपाल अवधारणा र कार्यान्वयनको सम्भावना बिषयक गोष्ठिमा बोल्दै सहभागीहरुले जन स्थास्थ्यसँग प्रत्यक्ष जोडिएको पोषण कार्यक्रमको प्रभावकारीताको लागि लोकपालले प्रभावकारी भुमिका खेल्ने बताए । 

बहुक्षेत्र शिक्षा, स्वास्थ्य, कृषि र खानेपानि लगायत अन्य क्षेत्रको काम कार्यवाही पादर्शी पार्नको लागि नवलपरासी जिल्लामा लोकपालको अभ्यासको लागि विशेष पहल भईरहेको छ ।

अम्बुडसम्यान सिद्धान्त तथा मुल्यमान्यताको लागि लोकपाल अवधारणा नेपालमा अपनाउदै सरकारी गैरसरकारी निकायलाई जवाफदेहि बनाउन लोकपाल ल्याईएको फ्रिडम फोरम का कार्यकारी प्रमुख तारानाथ दहालले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!