नवलपरासीमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on: 04 Dec, 2016

मङ्सिर १९, काठमाडौं । नवलपरासीको गैंडाकोटमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाको १६ अमरापुरीमा पश्चिमबाट पूर्व जाँदै गरेको लु २७ प ६१२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उमा नेपालीको मृत्यु भएको हो ।  

मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक रजहर प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!