होमस्टे आयआर्जनको नयाँ सम्भवना: तिव्र बसाईसराई रोक्न गाँउमै होमस्टे

Posted on: 19 Mar, 2016

चैत ६, पोखरा । पोखरादेखी करिब १२ किलोमिटरको दुरीमा रहेको कालावां∙ घरेडीमा संचालीत होमस्टे विस्तारै व्यवस्थित हुदै गएको संचालकहरुले बताएका छन् । एक वर्षदेखी संचालनमा रहेको उक्त होमस्टे अवलोकनका लागी पोखराबाट पुगेको संचारकर्मीहरु सहितको टोलीसंग आयोजित संक्षिप्त छलफल कार्यक्रममा बोल्दै अध्यक्ष राजबहादुर गुरु∙ले प्रचारप्रसारसंगै होमस्टे विस्तारै विकास र विस्तारको गतिमा अगाडी बढेको बताउनुभयो ।

गत पौषबाट पोखरा उपमहानगरपालिकामा गाभिएको तत्कालिन कृष्ति वडा नं.९ मा रहेको उक्त क्षेत्र अहिलेपनि प्राकृतिक विपत्तिका हिषावले पुर्ण सुरक्षित र प्राकृतिक सौन्दर्यतामा हिषावले अति नै रमणीय रहेको अध्यक्ष गुरु∙ले जानकारी दिनुभयो । उहाँका अनुसार समुन्द्री सतहदेखी करिब १४ सय मिटरको उचाईमा रहेको नेहाल डाडाँ भ्युटावरको रुपमा प्रचलित रहेको छ । त्यहाँबाट विहानको सुर्योदय, अन्नपुर्ण हिमश्रृखला, पोखराको बजारसंगै फेवाताल, लम्जु∙ लगायतका छिमेकी जिल्लाका महत्वपुर्ण र रमणीय दृश्यहरुको दृश्यावलोकन गर्न सकिने अध्यक्ष गुरु∙ले उल्लेख गर्नुभयो ।

करिब १ सय ५६ घरधुरी रहेका कालावां∙ घरेडीका करिब १८ घरहरुमा व्यवस्थित होमस्टे संचालन गरिएको उपाध्यक्ष प्रकाश गुरु∙ले जानकारी दिनुभयो । पछिल्लो समय रोजगारीसंगै अन्य प्रयोजनका लागी गाँउबाट तिव्र बसाईसराई हुन थालेपछि आफुहरुले आयआर्जनको नयाँ संभावना स्वरुप गाँउमै होमस्टे संचालन गरेको उहाँले बताउनुभयो । नेपालका कतिपय गाँउहरु बसाईसराई कै कारण शुन्य बन्दै गैरहेका बेला स्थानियहरुको सक्रियतामा संचालित कालावां∙ घरेडी हामेस्टे गाँउमा सम्भावना नदेख्नेहरुका लागी गतिलो उदाहरण सावित भएको उपाध्यक्ष गुरु∙ले दावी गर्नुभयो ।

मिश्रीत समुदायको बसोबास रहेको कालावां∙ घरेडी होमस्टे अन्यको तुलनामा सस्तो र गुणस्तरीय समेत रहेको सचिव याम बहादुर गुरु∙ले उल्लेख गर्नुभयो । एशियन फोरमको प्रत्यक्ष सहयोगमा संचालित उक्त होमस्टे एक पटकमा ३५ जना क्षमताको रहेको सचिव गुरु∙ले बताउनुभयो । अहिले सम्म करिब ५ सयको हाराहारीमा पाहुनाहरुको सेवा गरिसकेको संचालकहरुले बताएका छन् ।

रेडियो सफलताका तालिम प्रमुख हिमलाल पौडेल, समाचार प्रमुख भीम थापा, पोखरा मिडीया क्लवका अध्यक्ष एंव समाचारपाटी डटकमका संचालक प्रह्लादचन्द्र घिमिरे लगायत १६ जना प्रशिक्षार्थीहरुको प्रत्यक्ष संलग्नतामा होमस्टे अवलोकनका लागी कालावां∙ घरेडी पुगेको टोलीले हामेस्टे संचालनको नयाँ अनुभव, समस्या र चुनौतीका विषयमा संचालकहरुसंग जिज्ञासा समेत राखेको थियो ।

संचालकहरुका अनुसार होमस्टेमा पुग्नेहरुले कालावां∙ घरेडीको स्थानिय समुदाय अनुसारका संस्कृतिको प्रत्यक्ष अवलोकन, न्यानो आतिथ्यता, सुरक्षित र सौहाद्रपुर्ण बसाई, स्थानिय उत्पादन, नारीपा र विहानी सुर्योदय अवलोकनको मज्जा लिन सक्दछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!