डोटीमा जीपको ठक्करबाट एक बालिकाको मृत्यू

Posted on: 04 Dec, 2016

प्रकाश बम | मंसिर १९, डोटी | जीपको ठक्करबाट डोटीमा एक बालिकाको मृत्यू भएको छ । लाटामाण्डौ–८ की सिता बलायरकी ९ बर्षिया छोरी निशा बलायरको आईतबार मृत्यू भएको हो । 

प्रहरीका  अनुसार से १ ज ६१६ नम्बरको जीपले लाटामाण्डौ–९ गोपघाट नजिक आईतबार दिउँसो ती बालिकालाई ठक्कर दिएको  थियो । ठक्करबाट घाईते भएकी बालिकालाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो । शैलेश्वरी अस्पतालले उपचार सम्भव नहुने भएपछि अत्तरिया स्थित पद्मा अस्पतालका लागि रेफर गरेको थियो । 

अत्तरिया लैजादै गर्र्दा बालिकाको बाटोमा मृत्यू भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!