मृतकका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी

Posted on: 05 Dec, 2016


कमल सुबेदी/मङ्सिर २०, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै  जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी गरिरहेका छन् ।  

दोषिलाई प्रहरीले पक्रन नसकेको र बार्ताका लागि प्रसासनले कुनै बाताबरण नबनाएकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् । पीडितका तर्फबाट बार्ता टोलि गठन गरेपनि ट्रक व्यवसायीका तर्फबाट त्यसको लागि कुनै पहल नभएको उनीहरुको गुनसो छ । 

माझठाना ४ बित्यानी स्थायी घर भइ हाल पोखरा १८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आइतबार विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर ज्यान गएपछि आफन्तहरु शोकमा डुबेका छन् । 


दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो । 

ठक्कर दिने ट्रक र सवारी धनि लाई नियन्त्रणमा लिएपनि चालक भने अझै  फरार रहेको प्रहरीले जनाएको छ । गुरुङका आफन्तले दोषिलाइ अभिलम्व कारवाही  गरि क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखेका छन् । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!