जन्म दिने आमा प्रति समेटिएको सुरजको “आमा” अब बजारमा

Posted on: 20 Mar, 2016

शिव न्याैपाने । चैत्र ८, पाेखरा । विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ ।

जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गित अघिल्ला केही गीतको अपार सफलता पछि यो गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।

सुरज आचार्यको शब्द, स्वर र करण तामाङ्गको लयमा रहेको गीतमा लामो समय देखि रंग क्षेत्रमा स्थापित ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएकी आदरणीय रंगकलाकर मिश्री थापा संगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ ।

गीत काठ्माण्डौका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीत अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांकन रहेको छ भने जनता डिजिटलले बजारमा ल्याएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!