पोखराको वडा नंवर ७ र ३ प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित

Posted on: 20 Mar, 2016

pokhara jhola

चैत ७, पोखरा । पोखरा उप–महानगरपालिका कार्यालयले वडा नं. ७ र ३ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ । उप–महानगरपालिकाले सरोकारवाला विभिन्न निकायहरुसंगको करिव एक महिना लामो अन्र्तक्रिया पश्चात विभिन्न वडाहरुलाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको हो । आगामी बैशाख १ गतेदेखि पोखरा उप–महानगरपालिका प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र हुनेछ ।

पोखराको वडा नं. ७ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्दै उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उपमहानगरपालिकाका सकरात्मक कदममा नगरवासीले दिल खोलेर सहयोग गरेका कारण पोखराबाट प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियान सफल हुने विश्वास व्यक्त गरे । वडा सचिव यशोदा बरालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा नगरस्तरिय राजनैतिक दलको तर्फबाट तेजनारायण अधिकारीले बोलेका थिए । उनले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, वडा नं. ३ को घोषणा सभामा उपस्थित स्थानियले तत्काल निषेधित क्षेत्र घोषण गर्नेतर्फ भन्दा पनि उप–महानगरपालिकाले उचित विकल्पको व्यवस्था गर्न तर्फ ध्यान पु¥याउनु जरुरी रहेको बताए । सुर्योदय क्लवका सचिव इश्वर पुनले नगरपालिकाको कदम स्वागतयोग्य भएपनि प्लाष्टिक झोला तथा गिलासका उत्पादक, वितरक तथा उपभोक्ताहरुलाई निश्चित समय र विकल्प दिइनुपर्नेमा जोड दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!