‘युवा संघ र एमाले कार्यकताले जनताको पक्षमा काम गर्नुपर्छ’

Posted on: 22 Mar, 2016

चैत ९, पोखरा । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले नेकपा एमालेका कार्यक्रम सधै उत्कृष्ट हुनुपर्ने बताएका छन् । उनले जनतालाई दुःख दिने भन्दा सहजता दिने गरि काम गर्न आग्रह गरे । पोखरा उपमहानगरपालिका वडा नम्वर १७, २५ र २७ सम्पन्न अधिवेशनबाट निर्वाचित युवा संघका पदाधिकारीलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले युवा संघले नेपाली युवा आन्दोलनलाई अगुवाई गर्नुपर्ने बताउदै अव युवा आन्दोलनलाई उत्पादनसंग जोडर अगाडि बढाउन सुझाव दिए । उनले जनताको बहुदलीय जनबादबाट निर्देशित एमाले कार्यकता सधै श्रेष्ठता हासिल गर्ने गरि अगाडि बढनुपर्ने बताए ।

एमाले सचिव माधव बास्तोलाले युवा संघले गलत कुरालाई खवरदारी गर्नुपर्ने बताए । उनले अव युवा आन्दोलनलाई परिमार्जन गदै उत्पादनसंग जोडर आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । एमाले निर्वाचन आयोग कास्कीका अध्यक्ष टिकाराम पंगेनीले समाजमा रहेका गलत प्रबृत्तिका विरुद्ध काम गर्नुपर्ने बताए ।

उनले युवा संघ समाजमा राम्रो गर्नेका लागी रहर लाग्दो र भरलाग्दो तथा गतल गर्नेहरुका विरुद्ध डर लाग्दो संगठनका रुपमा उभिनपर्नेमा जोड दिए । युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले युवाहरुलाई गोलबन्द गदै आर्थिक विकासमा लगाउदै देशमा जारी संविधान कार्यान्वयमा भुमिका खेल्नुपर्ने बताए ।

एमाले जिल्ला कमिटि सचिवालय सदस्य तेजनारायण अधिकारीले समाजमा रहेका युवालाई गोलबन्द गदै समाजिक न्याय र समानताका लागी अगाडि बढाउनुपर्ने बताए । उनले युवाको अवको भुमिका संविधानको कार्यान्वयन गदै खराव प्रबृत्तिका लागी लडनुपर्ने बताए । युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले निवाचित वडाका पदाधिकारीले जिम्मेवारी पूर्वक भुमिका निर्वाह गदै समाज रुपान्तरण र परिर्वतनको दिशामा लाग्नुपर्नेमा जोड दिए । उनले युवा संघ नेपाली युवा आन्दोलनको मुल प्रवाह भएकाले युवाका मुद्धालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!