२१ औँ सताव्दीको भवनमा १६ औं सताव्दीको तगारो

Posted on: 07 Dec, 2016


प्रेम सुनार | मंसिर–२२, गुल्मी ।  अध्याधुनिक शैलीमा सुविधा सम्पन्न नवनिर्मित भवनमा सरेको पनि झण्डै एक वर्ष हुन लाग्यो गुल्मीको जिल्ला प्रशासन कार्यालय । तर माथी भवन तिर नजर नलगाउने हो भने प्रवेशद्धार गाउँको कुनै सानो झुपडीमा पसे जस्तो महशुस हुन्छ ।

तिन वटा वाँसको गरालोमा तगारो बनाईएको छ  । जस्तो तगारो अहिले गाउँका झुपडीमा पनि अशोभनिय मान्न थालिएको छ ।  प्रशासन अगाडी पुग्नेहरुले ब्याङ्ग गर्दै भन्ने गरेका छन् २१ औं सताव्दीको यो सुन्दर भवन अगाडी १६ औं सताव्दीको यो कुरुप तगारो हेर्नुस् त ।’

यस अघिको वर्षऔं पुरानो भवनमा  सुन्दर फुलहरुले सजिएको गेट थियो । जसले तत्कालिन जिल्ला प्रशासन र माथी रेसुङ्गाको लेकलाई निकै शोभा बढाएको थियो ।  अहिले भुस्याह कुकुर भित्र वाहिर गर्ने गरेका छन् । प्रहरीको आँखा छल्न सके कार्यालय भित्रको समाग्री हराउन सक्ने अवस्था यसका कारणले पनि छ कि पछाडी पट्टी पनि बाँसकै गरालोको भरमा कम्पाउण्ड रहेको छ । 

यस्तो अवस्थामा कहिले बन्छ त भवन अनुसारकोे तगारो ? भनेर हामीले  का.मु. प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रशासकिय अधिकृत भक्तीराम मरासीनी संग जिज्ञाषा राख्दा उनले भने खै मलाई पनि थाह छैन, कहिले बन्ने हो भन्ने जवाफ दिए । 

उनले थपे – ‘गेट बनाउन त पर्ने हो तर पैसा छैन , समस्या यहि हो । ’ भवन बनाउने ठेकेदारले गेट समेत निर्माण गरी दिने सम्झौता थिएन र ? भन्ने प्रश्नमा उनले त्यो नभएको बताए । 

माथिको तश्विरमा: जिल्ला प्रशासनको तगारो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!