नेकपा माओवादि विप्लव समुहका जिल्ला सदस्य पक्राउ

Posted on: 07 Dec, 2016

प्रज्वल पौडेल । मंसिर २२ , रामेछाप ।

जिल्ला प्रहरी कार्यालय रामेछापले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला अदालत रामेछापको  मिति २०६६ साल चैत २३ गतेको फैसला अनुसार कुटपिट मुद्धाका फरार प्रतिवादी हिमगंगा गा.बि. स. वडा नं. ७ बस्ने रेखबहादुर मगरलाई सोमबार प्रहरी टोलीले पक्राउ गरेको हो ।

अभियुक्त ने.क. पा.माओवादी बिप्लव समुहका जिल्ला कार्य समिति सदस्य समेत रहेका मगरलाई जिल्ला कारागार रामेछापमा पठाईएको प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!