कोदो पिस्ने क्रममा मिलले यसरी लियो ज्यान

Posted on: 08 Dec, 2016

प्रेम सुनार | मंसिर-२३,  गुल्मी । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न मिलमा आएका थिए । 

साँझ करिव चार बज्नन्नै लागेकोले श्रीमति केटा केटी अत्तालिए होलान भन्ने चिन्ता पनि हुँदो उनमा । त्यसैले पनि उनि हतार मनस्थितीमा भएर मिलको पट्टामा हात लम्काए । हात लम्काए संगै उनलाई  त्यसै मिलले बेर्दै र निर्चोदै ज्यान लियो । 

यो हिजो साँझ गुल्मी हाडहाडे र धुर्कोटरजस्थलमा पर्ने नादीखोलमा रहेको कुटानी पिसानी मिलको घटना हो । 

उक्त मिलले  धुर्कोटरजस्थल–१ का अन्दाजी ५५ वर्षिय लोकबहादुर मुखियाको ज्यान लएको हो । पिठाको वाहन वसाल्ने तयारीमा बसेकी उनकी श्रीमतिलाई त्यो खवरले  मुर्छित पार्यो । धुर्कोटरजस्थल–१ का वावलुलाल नेपाली र यमबहादुर कुँवरले यो खवर टिपाई रहँदा स्थानिय रेडियोहरुले समाचार प्रशारण गरी सकेका थिए । 

उक्त समयमा नयाँगाउँ प्रहरी आएर अनुसन्धान गर्दै थियो । सुचनाकर्ताले टिपाए अनुसारको घटना हो वा  सत्य तथ्य के हो ? प्रहरीको अनुसन्धानले देखाउला । उक्त मिल हाडहाडे–१ नादी खोला निवासी मनोज श्रेष्ठको हो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!