यसरी जुट्दै छन् देबि बिकको उपचारको लागि सहयोग

Posted on: 26 Mar, 2016
debi bk - pokharaशिव न्यौपाने/चैत १३, पोखरा । चट्टयाङ लागेर घाईते भएकी देवि बिकको उपचारको लागी सहयोग जुटीरहेको छ । पोखरा ५ स्थित बाराही उच्च मा बि कक्षा ९ मा अध्ययनरत १८ बर्षिय देविको आफ्नै कोठामा पढिरहेको समयमा गत फागुन २२ गते चट्टयाङ लागेर शरीरका पुरै भागहरुमा गहिरोे चोट लागेको छ । घाइते देविको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।सिन्धुली जिल्ला हतपते गाविस ४ की देविको बुवाले दोस्रो बिबाह गरी बेपत्ता भएपछि हाल आमासंग पोखरा मालेपाटनमा बस्दै आएकी छिन् । देविकी आमा भन्नुहुन्छ “मेरो आर्थिक अवस्था कमजोर छ साँझबिहानको छाक टार्नै मुश्किल छ मलाई छोरीको उपचार कसरी गरु ? मेरी छोरीको उपचारमा सहयोग गरेर बचाईदिनुस ” । शरीरका पुरै भागहरुमा गहिरो चोट लागेका कारण अप्रेशन गर्नुपर्ने र हस्पिटलमा लामो समयसम्म बस्नुपर्ने देविको उपचारको लागी सहयोग जुटाईरहनुभएका प्रमोद बिकले बताउनुभयो ।
debi
bk
 उपचार गर्नलाई आर्थिक अवस्था एकदमै कमजोर भएकाले बिभीन्न संसस्था र ब्यक्तिहरुबाट सहयोग जुटीरहेको बिकको भनाई छ ।अहिलेसम्म ४९ हजार हजार संकलन भैसकेको र सहयोग आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।
देविको उपचारकोलागी सहयोग गर्नेहरु क्रमश : १ आयुश सुनार रु. ८,००० (स्याम) (स्याङ्जा ) २ मनकी मनु रु. ५५१२ ( मकवानपुर ) ३ टीका सेन्चुरी रु .५ हजार( बुटवल ) ४ दिपक गोल्ड्स्मीथ रु . ५ हजार बुटवल (दुबई ) ५ गोरे सुनार रु . ५ हजार ( पोखरा ) ६ युरीला बिक रु. ५ हजार (पोखरा ) ७मनी बिक रु . ३ हजार (बाग्लुङ ) ८ बिनीता लामीछाने रु. ५ हजार स्याङजा ९ रत्नबहादुर भारती रु . २ हजार ९ सय १४ (सिन्धुपाल्चोक ) १०. प्रमोद बिक -रु . ५ हजार ( काठमाडौ ) जम्मा हाल- ४९,४,२६ ( उन्पचास हजार चार सय छब्बीस ) हाल बिरामी देवि बिकको ब्यक्तिगत बैंक खाता नबनेको कारण आर्थिक सहयोग गर्न चाहनेहरुले प्रमोद बिक सम्पर्क नम्बर :९७४८०६२२८० ,९८१८६७००१४ मा सम्पर्क गर्न सक्नुहुनेछ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!