चलिए पोखरा अभियान सुरु

Posted on: 26 Mar, 2016

चैत १३, पोखरा । पर्यटकीय पोखरा र सिंगो नेपाललाई भारतीय बजारमा प्रबद्र्धन गर्ने उद्धेश्यका साथ शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा छ दिने यो अभियान अगाडि बढाएका हुन् । चार वर्ष अघि संघकै पहलमा सुरु भएको अभियानको प्रभाव राम्रो देखिएपछि अभियानलाई यो पटक पनि निरन्तरता दिइएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानले उत्तर भारतका लखनउ, कानपुर, गोरखपुर र बाराणासी जस्ता शहरलाई समेट्ने अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।

विगत केही वर्षदेखि बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालित चलिए पोखरा अभियानले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपाली पर्यटनलाई उकास्ने अपेक्षा गरिएको छ । अभियान अन्तर्गत होटलकर्मी, पर्यटनकर्मी र संचारकर्मी गरी २६ जनाको सहभागिता रहेको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!