पोखराको हेमजा पनि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित

Posted on: 31 Mar, 2016

शिव न्यौपाने, चैत्र १८, पोखरा / पोखराको २७ र २९ वडा हेमजालाई संयुक्त रुपमा हिजो उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।

सरोकारवाला विभिन्न निकायहरुसंगको लामो छलफल पश्चात उप–महानगरपालिकाले नगरका सम्पूर्ण वडाहरुलाई पहिलो चरणमा प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित गर्दैछ । सवै वडाहरुको घोषणा समाप्तीसंगै उप–महानगरपालिकाले बैशाखमा सिङ्गो नगरलाइै नै प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने जनाएको छ ।

पोखराको २७ र २९ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्दै कार्यकारी अधिकृत झलकराम अधिकारीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियानलाई केहिले असफल पार्ने तयारी गरिरहेको भएपनि सम्पूर्ण नगरवासीको सहयोगमा अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधी, टोल विकास संस्था वडा समन्वय समितीका अध्यक्ष, वडा महिला समन्वय समिती, आमा समूह लगायतको उपस्थिती रहेको थियो ।

उप–महानगरपालिकाले यो संगै पोखराका १८ वडालाइ प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!