महिला अधिकार मञ्चको अध्यक्ष ईङवा

Posted on: 09 Dec, 2016

प्रकाश धौलाकोटी । मंसिर २४, तेह्रथुम । जिल्ला महिला अधिकार मञ्चको अध्यक्षमा ईङ्वा सुब्बा सर्वसम्मत चयन भएकी छिन् । 

शुक्रबार देउराली सोसाइटीको सभाहलमा भएको मञ्चको तेस्रो अधिवेशनबाट चयन भएको १५ सदस्यीय समितिको उपाध्यक्षमा सिर्जना लामा फोम्बो, सचिवमा कमला रिजाल, सहसचिवमा सञ्चु सम्बाहाम्फे र कोषाध्यक्षमा सुजला लिम्बु रहेका छन् । 

यस्तै सदस्यहरुमा कैलाशदेवी अधिकारी, राजकुमारी लिम्बु, शारदा मादेन, प्रमला काफ्ले, सपना बराल, सन्तोषी शंकर, दिलकुमारी शंकर, विन्दा उप्रेती, रुद्रा दाहाल र रश्मी भट्टराई रहेका छन् । 

यस्तै अधिवेशनले नरमाया श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । मञ्ज जिल्लामा महिला अधिकारको क्षेत्रमा क्रियाशील संस्था हो । अधिवेशन तथा साधारण सभा निवर्तमान अध्यक्ष नरमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा सहभागीले राज्यले ग्रामीण महिला निति निर्माणमा विशेष चासो देखाउनु जरुरी रहेको बताएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!