पोखरा कपको विजेतालाई ५ लाख ५५ हजार

Posted on: 01 Apr, 2016

चैत १९, पोखरा । पाँचौ संस्करणको पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ ।

आयोजक कास्की जिल्ला फुटबल संघले विहिबार पोखरामा प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो । विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

चौथो संस्करणमा ३ लाख ५५ हजार रुपैयाँ रहेको पुरस्कार राशीमा यस पटक १ लाख ४५ हजार बृद्धि गरि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।

त्यस्तै उपविजेताले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । चौथो संस्करणको उपविजेताले २ लाख १ हजार प्राप्त गरेको थियो यस पटक ५४ हजार रुपैयाँ बृद्धि गरिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतियोगिता चैत ३० देखि बैशाख ११ गतेसम्म पोखरा रगंशालामा गर्ने तयारी गरिएको एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा थ्रि स्टार, मनाङमस्याङर्दी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपिएफ), झापा ११, धरान ११, रुपन्देही ११, सिमरा ११ र पोखरा ११ सहभागी हुने पक्का भएको एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा सहभागी हुने दुई विदेशी टिम बारे कुराकानी भैरहेको भएपनि निश्चित नभएको अध्यक्ष लामिछानेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!