बगरकोट ५ मा स्थानीयद्धारा वडा भेला बहिस्कार

Posted on: 09 Dec, 2016

ललित बोहरा / २४ मंसिर (बगरकोट) डडेल्धुरा । डडेल्धुराको बगरकोट गाबिस– ५ का स्थानीयले आफनो वडाको वडा भेला बहिष्कार गरेका छन् । लामो समय सम्म प्रसुती गृह निमार्ण गर्ने ४ ओटा वडा भेलाले सिफारीस गरेको तर अहिले सम्म स्थानीय निकायले प्रसुती गृह निमार्ण गर्न कुनै पहल नगरेको भन्दै वडा भेला बहिस्कार गरेको स्थानीयले बताएका छन । गर्भवती महिलाको बाटोमा नै मृत्यु हुने समस्या खेप्दै आएका त्यस क्षेत्रका नागरीकले राजनीतिक पहुँच भएका ठाउँमा मात्र बिकाश हुने गरेको भन्दै आक्रोस ब्यक्त समेत गरेको बगरकोट गाबिस कार्यालयका एक जना कर्मचारीले बताएका छन । गाउँ परिषद गर्ने गाबिसका वडा वडामा वडा भेला भईरहेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!