दोस्रो युवा संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

Posted on: 02 Apr, 2016

शिव न्याैपाने/चैत्र २०, पाेखरा । युवा संघले हिजो प्रतियोगीताका बारेमा जानकारी दिने उदेस्यले लेखनाथमा राखेको पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराएको हो ।

प्रतियोगिता चैत २५ देखि बैशाख १ गते सम्म लेखनाथको भण्डाढिक स्थित प्रस्तावित रंगशालामा हुने युुवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभएको छ ।

स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारा सहित संचालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको युवा संघ कास्कीका सचिवालय सदस्य मोहन सुवेदीले जानकारी दिनुभएको हो । राष्ट्रिय स्तरको प्रतियोगितामा करिव ३० टिमको सहभागीता रहने अपेक्षा  आयोजकले गरेको छ । टिम दर्ताको चैत २२ गते सम्मको समय सिमा तोकिएको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने भएका छन्।प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पुनले बताउनुभएको थियो ।

अनुशासित र क्षमतावान खेलाडीहरु उत्पादन गर्ने मुख्य उद्देश्य राखिएको प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ६ लाख रुपियाँ खर्च लाग्ने र बचेको रकमबाट लेखनाथ १ भण्डारढीकमा निर्माणाधिन प्रस्तावित खेलमैदानको लागि सहयोग समेत गरिने युवा संघ कास्की क्षेत्र नं १का क्षेत्रिय अध्यक्ष रामचन्द्र तिमिल्सेनाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!