रामेछापकाे सैपुमा खुल्ला पुरूष भलिबल प्रतियोगिता हुँदै

Posted on: 10 Dec, 2016

प्रज्वल पाैडेल । मंसिर २५, रामेछाप । रामेछापकाे सैपु गाविसमा खुल्ला पुरूष भलिबल प्रतियाेगिता संचालन हुने भएकाे छ । नमुनादीप युवा क्लव सैपु, रामेछापकाे अायाेजनामा मंसिर २८ गतेबाट खेल संचालन हुन लागेकाे हाे ।

सैपु गाविसकाे अरूणाेदय मावि सैपुकाे खेल मैदानमा हुने उक्त खेल लिग कम नक अाउटमा खेलाइने क्लबका अध्यक्ष विष्णु पाैडेलले जानकारी दिनुभयाे । खेेलमा ललितपुर,सिन्धुपाल्चोक , दाेलखा, अाेखलढुगा, रामेछाप लगाएतका विभिन्न जिल्लाबाट खेल खेल्नका लागि खेलाडी अाउने भएकाले फाेनमार्फत पनि टिम दर्ताका लागि अावेदन परेकाे उहाँले बताउनुभयाे । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख,द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल प्रदान गरिने क्लबका सचिव निराेज पाैडेलले जानकारी दिनुभयाे । उहाँका प्रतियोगिताका मुख्य प्रायाेजकहरू सफलता हाउजीङ एण्ड ईन्भेष्टमेन्ट प्रा.ली, गंगाजल मिनिरल प्रा.लि, मन्जुश्री ट्रेड प्रा.ली रहेका छन् भने नगद पुरस्कारकाे प्रायाेजक प्रथम गाेविन्द खड्का, द्वितीय दिनेश पाैडेल र तृतीय मिलन विष्टले गर्नुभएकाे सचिव पाैडेलले बताउनुभयाे । विगत लामाे समयदेखि खेल क्षेत्रकाे विकास र खेलाडीलाई प्राेत्साहन गर्न प्रतियोगिता संचालन गर्ने गरेकाे पाैडेलले बताउनुभयाे ।

यसैविच खेलप्रेमी स्व.उद्वबप्रसाद पाैडेललाई मरूणाेपरान्त सम्मान गरिने नमुनादीप युवा क्लबले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!