सुन सिक्रि चाेर्ने एक जना पक्राउ

Posted on: 02 Apr, 2016

शिव न्याैपाने/चैत्र २०, पाेखरा । कास्की प्रहरीले सुनको सिक्री चोर्ने एकजनालाई पक्राउ गरेको छ ।

यहि चैत्र १८ गते दिउँसो पोखरा ४ पराजुली मार्गमा डोकोमा फलफूल बिक्री गरिरहेको अवस्थामा पोखरा ४ रामकृष्ण टोल बस्ने मनमाया खत्रीको सिक्री चोरेको आरोपमा भक्तपुर जिल्ला सुडाल ५ घर भई पोखरा ५ पराजुली मार्ग बस्ने दिबाकर खड्कालाई प्रहरीले पक्रेको हो ।

३१ वर्षे खड्काले महिलालाई डर धाकधम्की देखाएर घाटीमा लगाएको सुनको सिक्रीसँगै नगद ५ हजार लुटेको आरोप छ ।

उनलाई सुनको सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई हिजै जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरि थप अनुसन्धान भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!