डडेल्धुरामा हुने सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो छनौट प्रतियोगिताको तयारी पुरा ,,, छनौट प्रतिय

Posted on: 10 Dec, 2016

ललित बोहरा/२५ मंसिर डडेल्धुरा  ।  डडेल्धुरामा आइतबार हुन लागेको तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा हुने क्षेत्रिय छनौट तेक्वान्दो प्रतियोगिताको आवश्यक तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिती डडेल्धुराले जनाएको छ । खेलाडी छनौट प्रतियोगिता डडेल्धुराको टुँडीखेलको कबडहलमा मंसिर २८ गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद बिकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले बताए । 

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिती कैलालीको आयोजनामा हुन लागेको तेक्वान्दो प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब डेढ सय खेलाडिहरुको सहभागिता रहने कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन । प्रतियोगितामा एक जिल्लाबाट महिला र पुरुष गरि करिब १६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन । बिभिन्न जिल्लाका खेलाडीहरु डडेल्धुरा पुगिसकेका छन भने कतिपय जिल्लाहरुबाट पुग्ने क्रम जारी छ । तेक्वान्दोको उद्धाटन कार्यक्रममा ओलम्पियन दिपक बिष्ट, कराँतेका खेलाडी दिपक श्रेष्ठ र केन्द्रिय समितीका अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्र मगरले जानकारी गराउनु भयो । प्रतियोगिताले डडेल्धुराको तेक्वान्दो खेलमा मात्रै नभई पर्यटन क्षेत्रमा समेत राम्रो प्रभाव पार्ने अध्यक्ष मगरको भनाई छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा आउदो पौष ८ गते देखि १५ सम्म सञ्चालन हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!