पाेखराकामा ब्यापारीले लुकाईराखेकाे खाना पकाउने ग्यास बाईसिएलको नियन्त्रणमा

Posted on: 02 Apr, 2016

शिव न्याैपाने/चैत्र २०, पाेखरा । पोखराका एक व्यापारीले लुकाइराखेको खाना पकाउने ग्यास वाइसिएलले नियन्त्रणमा लिएर प्रहरीको रोहबरमा उपभोक्ताहरुलाई बिक्री वितरण गरेको छ ।

पोखरा उपमहानगरपालिका २९ हेमजास्थित कृष्णलक्ष्मी सप्लायर्सको ग्यास गोदाममा हिजो दिउँसो एमाओवादीको युवा संगठन वाइसिएलले छापा मारेको हो । छापा मार्दा १ सय २० वटा भरिएका ग्यास सिलिण्डर फेला परेको र बगर प्रहरीको रोहबरमा उपभोक्ताहरुलाई बिक्री वितरण गरिएको कास्की वाइसिएलका सहसचिव सुवास पौडेलले जानकारी दिनुभयो ।

कृष्णलक्ष्मी सप्लायर्सले ग्यास हुँदा हुँदै पनि छैन भनेको र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको स्थानीयको गुनासो आएपछि आफूहरुले छापा मारेको पौडेलले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!