तेश्रो पटक अन्टर्काटिका पुग्ने थापा सम्मानित

Posted on: 10 Dec, 2016

प्रेम सुनार | मंसिर–२५, गुल्मी । तेश्रो नेपालीका रुपमा अन्टर्काटिकामा पुग्ने  गुल्मीका एक जना युवालाई स्वदेशका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । गुल्मीको शान्तिपुर गाविस वडा नम्वर ६ का ३४ वर्षिय अर्जुनकुमार थापाले अन्र्टकाटिकाको अन्तिम दक्षिण धुर्व सम्म पुगेको र  भारतिय सेनाबाट सगरमाथाको सफल आरोहण समेत गरेकोमा उनलाई शान्तिपुरका विभिन्न संघ संस्था र वुटवलमा समेत सम्मान गरिएको हो ।


२०६७ साल मंसिर ८ गते अन्टर्काटकाको यात्रा सुरु गरेका थापा २०६७ साल माघ १ गते  ५० औं दिनको दिन अन्टर्काटिकाको अन्तिम दक्षिण धु्रर्वमा पुगेका थिए ।  

त्यस्तै उनले भारतिय सेनाबाट २०७२ जेठ ७ गते सगरमाथाको सफल आरोहण समेत गरेका थिए । उनलाई शान्तिपुरको नागरिक समाज , उदय शान्ति युवा क्लव , भुपु सैनिक परिवार र त्यहाँका शैक्षिक संस्थाहरुले सम्मान गरिएको हो ।

थापालाई वुटवलका समेत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् ।  वुटवल घरेलु तथा साना उद्योग महासंघ , रुपन्देही व्यापार संघ , नवलपरासीको देवदह भुपु सैनिक क्लव लगायतले सम्मान गरेका हुन् । 

उनलाई कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री शासंका कोईराला र  नेकपा एमालेका नेता तथा पुर्व मन्त्री विष्णु पौड्यालको हातबाट सम्मान गराईएको थियो । 

जिल्ला बाहिरका संघ संस्थाले समेत उनलाई सम्मान गरी रहँदा गुल्मी जिल्लाका संघ संस्था र सरकारी निकायले  वेवास्ता गरेको प्रति शान्तिपुरवासी रुष्ट रहेका छन् । 

उनलाई सम्मान गरिनु पर्ने सम्वन्धमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना संघ सम्पर्क राख्दा उनलाई सम्मान गरिनु पर्नेमा जोड दिए । उनले यहाँको नागरिक समाज , गुल्मी उद्योग वाणिज्य संघ जस्ता सामाजिक संघ सस्थाहरुबाट थापालाई सम्मान गर्ने वातवरण मिलाउनु पर्ने बताए । 


अन्टर्काटिकामा  पहिलो पाईला टेक्ने नेपाली भुवनसिंह विश्वकर्मा भने आज भन्दा तिस वर्ष अघि नैै पुगेका थिए । उनलाई नेपाल सरकार र तत्कालिन राजाको हातबाट गोरखा दक्षिणवाहु मानपद्वीबाट सम्मानित गरिएको थियो । त्यस्तै बिश्वकर्मालाई देश विदेशका दर्जनौ संघ सस्थाले सम्मान गर्दै देशकै गहना र शाहसी नेपालीका रुपमा लिने गरिएको छ । 

बाग्लुङ्ग उनको पुर्खेयौली घर भए पनि बुटवलमा बसाई सराई गरेकोले उनलाई त्यहाँका दर्जनौ संघ संस्थाले सम्मानित पदमा राखेर समाज सेवामा क्रियाशिल समेत पारेका छन् ।  उनी वस्ने स्थानको नाम नै भुवनसिंह मार्ग राखेका बिश्वकर्माको डकुमेन्ट्री समेत  एक संस्थाले तयार गरेर प्रर्दशनको तयारी गरिएको छ ।

अन्टर्काटिकामा दोश्रो पटक पाईला टेक्ने नेपाली हुन् गुल्मी कै हर्राचौरका रमनसिंह खत्री ।  तेश्रो नेपालीका रुपमा अनर््र्काटिका पाईला टेकेका थापा आफु अन्र्टकाटिकाको अन्तिम दक्षिण ध्रर्वमा पुग्ने पहिलो नेपाली भएको दावि गर्दै आए पनि त्यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन्् । आधिकारिक पुष्ट्याँइका लागि नेपाल सरकार संग लिखित आग्रह गर्न आफु यति वेला काठमाण्डौं आएको थापाले बताए । शान्तिपुर ६ स्थित पिता सुर्यबहादुर थापा र माता फुलमाया थापाको कोखबाट २०३८ साल पौष २१ गते जन्मिएका थापा आज भन्दा १२ वर्ष अघि भारतिय सेनाको २÷४ जिआरम  भर्ति भएका थिए । 

विद्यार्थी कालमा शान्तिपुरको खेलकुद विकासका एउटा खम्वाकै रुपमा चिनिने थापा भारतिय सेनामा पुगेर आफ्नो पल्टनलाई खेलकुदको उचाईमा चिनाउन समेत महत्वपुर्ण पात्र मानिन्छन् ।


अन्टर्काटिका पुग्ने पहिलो नेपाली भुवनंिसंह बिश्वकर्मा जस्ता शाहसी नेपालीहरुको प्रेरणाबाट आफु पनि अन्तिम दक्षिण धु्रर्व सम्म र यता स्वदेशको संसारकै उच्च शिखर सगरमाथाको चुचुरो समेत चुम्न सफल भएको बताउने थापाले अहिले  पछिल्लो शाहसी एक नेपालीका रुपमा भारतिया सेनामा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् ।  तस्वीरः सम्मानदाता र पत्नी सितका साथमा उनै सम्मानित अर्जुनकुरा थापा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!