क्षेत्रिय रनिङ्ग शिल्डको १५ सय मिटर दौडमा जुम्लाकि सिता प्रथम

Posted on: 11 Dec, 2016

नन्दराम जैशी | मंसिर २६, जुम्ला | नेपालगंजमा जारी सातौ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत शनिबार भएको १५ सय मिटर दौड प्रतियोगितामा जुम्लाकी सिता न्यौपाने प्रथम हुन सफल भएकि छन् । 

प्रतियोगितामा सहभागी मध्यपश्चिमांचलका १४ जिल्लाका प्रतियोगीलाई पछि पार्दै जुम्लाकी सिता न्यौपाने प्रथम भएकि हुन् । क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिताको १५ सय मिटर दौडमा प्रथम भएपछि सिता न्यौपाने पौष महिनामा पुर्वान्चलमा हुने सातौ राष्टिय खेलकुद प्रतियोगिताका लागी छनोट भएकि छन् । 

कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगितामा सय मिटर दौड प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी ९ बर्षीय जुम्लाकी निरु रावतले पनि प्रतिष्पर्धा गरेकि छन् । ९ वर्षीय रावतले पुछारबाट द्धितृय स्थान हासिल गरेको उहाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!