उदयपुरमा बसको ठक्करबाट बालिकाको मृत्यु

Posted on: 11 Dec, 2016

मंसिर २६, उदयपुर । रामपुर ठोक्सिला गाविस– ९ मा बसको ठक्करबाट आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

ना४ख ३०८१ नं को हिमाली यातायातको बसको ठक्करबाट तीन वर्षीया स्मृति श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक अमनलाल माझीले जानकारी दिनुभयो । 

घर नजिकै खेलिरहेकी श्रेष्ठलाई बसले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इप्रकाले जनाएको छ । बसका चालक केशव कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!