कास्कीका सबै पत्रकार विमानस्थल शिलान्यास प्रचार समितिमा

Posted on: 10 Apr, 2016

चैत २८, पोखरा । बैशाख १ गते शिलान्यास हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास समारोहको ब्यापक प्रचार प्रसार गर्नका लागि गठित प्रचार प्रसार उपसमिति बिस्तार भएको छ । विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको सभाकक्षमा सम्पन्न कास्कीका पत्रकारहरुको बृहत भेलाले उपसमिति बिस्तार गरेको हो । उपसमितिमा कास्कीमा क्रियाशिल सम्पूर्ण पत्रकारहरु सदस्य रहेका छन् । विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको पछिल्लो बैठकले पत्रकार महासंघ कास्कीका अध्यक्षको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास समारोह भब्य ऐतिहासिक बनाउने कार्यमा सबै पत्रकरा सकृय रुपमा लागिरहनु भएकाले कास्कीमा क्रियाशिल सबै पत्रकार, सञ्चार गृह र पत्रकार आबद्ध संघ सस्थाका पदाधिकारी एवं सदस्यलाई उपसमितिमा पदेन सदस्य राखिएको उपसमिति संयोजक तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृण ज्ञवालीले बताए ।

पत्रकारहरुको भेलाले शिलान्यास कार्यक्रम अघि र शिलान्यासको दिनका हरेक सूचना प्रभावकारी ढंगले आम पाठक, दर्शक र श्रोता समक्ष पुर्याउने निर्णय समेत गरेको छ । साथै भेलाले बैशाख १ गते विहान ११ बजे नयाँ विमानस्थलको रनवेमा आयोजित कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!