युवा संघ कपमा सोमबारदेखि क्वाटरफाइनलका खेल

Posted on: 10 Apr, 2016

चैत २८, पोखरा । युवा संघ कास्कीको आयोजनामा लेखनाथमा जारी दोस्रो युवा संघ कप सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत आइतबार सम्पन्न खेलमा युवा संघ रातो, युवा संघ पोखरा २, संघर्ष युवा क्लब र युवा संघ पोखरा २६ क्वाटरफाइनल प्रवेश गरेका छन् । आइतबार भएको खेलमा यूवा कास्की(रातो)ले योङस्टार क्लबलाई १–० को कठिन जित निकाल्दै क्वाटरफाइलन प्रवेश गरेको हो ।

युवा संघको जितमा सुवास तामाङले निर्णायक गोल गरे । अर्को खेलमा युवा संघ पोखरा २ ले वाकओभर पाउदै क्वटरफाइनल प्रवेश सहज बनायो । मालेपाटन यूनाइटेड निधारित समय भन्दा एक घण्टा ढिलो गरेपछि युवा सघ स्वत क्वाटरफाइनल प्रवेश गरेको हो । तेश्रो खेलमा संघर्ष युवा क्लबले शुभतारा युवा क्लबलाई ३–० गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

संघर्षकोजितमा कुशल राना, साजन गुरुङ र सुमन सुवेदीले एक एक गोल गरे । चौथो खेलमा युवा सघ पोखरा २६ ले युवा संघ क्षेत्र नम्वर एक लाई १–० को नतिजा निकाल्दै क्वाटरफाइनल प्रवेश गर्यो । युवा संघको जितमा यमन महर्जनले एकमात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्र्तगत सोमबार त्रिशक्ति युवा क्लब र संघर्ष युवा क्लब वीच हुने छ भने अर्को खेल युवा संघ निलो र युवा संघ पोखरा २ वीच हुने छ । त्यस्तै अनेरास्ववियू पिएनसी र युवा संघ रातो वीच र युवा संघ रातो वीच तथा युवा संघ २९ र युवा संघ पोखरा २६ वीच हुने प्रतियोगिता संयोजक नविन पुनले जानकारी दिए ।

यसैवीच प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुने भएको छ । बैशाख १ गते हुने भनिएपनि पोखरा विमानस्थल शिलान्यास कार्यक्रम रहेकाले ३० गते फाइनल खेल राखिएको युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ जित्ने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक नविन पुनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!