डडेल्धुराको अजयमेरु गाबिस साक्षरता गाबिस घोषणा

Posted on: 13 Dec, 2016

ललित  बोहरा, मसिंर २८, डडेल्धुरा  । डडेल्धुराको सातौ साक्षरता गाबिसको रुपमा मगंलबार एक भब्य कार्यक्रमका बीच अजयमेरु गाबिसलाई साक्षरता गाबिस घोषणा गरिएको छ । अजयमेरु गाबिसमा रहेका १५ बर्ष देखी ६० बर्ष उमेर समुहका कुल जनसख्यां ४ हजार ४ सय २० जना मध्ये ४ हजार ३ सय ४१ जनाले साक्षरताका लागि तोकिएका न्यूनतम ७ वटा मापदण्ड पुरा गरिसकेकाले साक्षर गाबिस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले बताएका छन । 

अजयमेरु गाबिसबासीको एकता र सामूहिक प्रयासले साक्षरता अभियान सफल भएको अजयमेरु गाबिसले जनाएको छ । युनेस्कोको अन्तराष्ट्रिय मान्यता अनुसार ९५ प्रतिशत भन्दा बढी साक्षर नागरिक भएमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था गरेको छ । 

साक्षरता गाबिसका लागि जिल्ला शिक्षा कार्यालय, लुःनिभा बाल सरोकार समुह फिल्ड कार्यालय, जिल्ला अनौपचारीक शिक्षा समिती र अजयमेरु सामुदायिक अध्ययन केन्द्र डडेल्धुराको संयूक्त सहयोग रहेको थियो । 

साक्षरता गाबिस घोषणा समारोहमा स्थानिय नागरिकहरुले खुसी व्यक्त गर्दै बाजागाँजा सहित झाक्रि प्रर्दशन गरेका थिए । कार्यक्रममा बिभिन्न खाले जनचेतनामूलक नाटक तथा सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । घोषणा समारोहमा स्थायिन स्तरका बिभिन्न राजनैतिक दलका प्रमूख तथा प्रतिनिधि, सम्बन्धित निकायका प्रमूख तथा प्रतिनिधि, गाबिस सचिव, वडा संयोजक, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा बिद्यार्थीहरु र स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!