पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित

Posted on: 14 Apr, 2016

pokhreli sancharkarmiबैशाख २, पोखरा । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित भएका छन् ।

जिल्ला बाहिरका पत्रकारहरु पोखरामा संगठित भएको यो पहिलो हो । बुधबार पोखरामा सम्पन्न भेलाले धादिङ पत्रकार समाज पोखरा गठन गरेको छ । समाजको अध्यक्षमा रञ्जन अधिकारी चयन भएका छन् ।

अध्यक्ष रञ्जन मूलपानी–७, धादिङ निवासी हुन् । उनी पोखराको विग एफएम र आदर्श समाज दैनिकमा कार्यरत छन् । समाजको उपाध्यक्षमा बसेरी, धादिङका रमेश तिमिल्सिना, सचिवमा आगिन्चोक–३, धादिङका हरि पन्त, सह–सचिवमा नीलकण्ठ–१, धादिङका गंगालाल गुरुङ र कोषाध्यक्षमा सुनौलाबजार–२, धादिङकी मीना राना मगर चयन भएका छन् ।

उपाध्यक्ष तिमिल्सिना पोखराको माछापुच्छ«े एफएम, सचिव हरि पन्त गोल्डेन न्यूज दैनिक, सह–सचिव गंगालाल रेडियो लेखनाथ र कोषाध्यक्ष मीना रेडियो जननीमा कार्यरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!