विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

Posted on: 14 Dec, 2016

विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

मंसिर २९ पर्वत ।काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबि, कालीगण्डकी एकेडेमी, आर्दश आवासिय माबि, गुरुकुल एकेडेमी र नारायण उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आकाशमा ड्रोन क्यामरा उडाएका   छन् ।


बदलिदो बिश्व परिवेशलाई ध्यान दिँदै नेपालमा नयाँ प्रबिधीको बिकास गर्ने अभिप्रायले पर्वत सदरमुकाममा बिज्ञान बिषयका बिद्यार्थीहरुलाई फोकस गरि यो तालिम दिइएको नमुना आबासिय माबिका प्रिसिपल ईन्द्रमान खत्रीले बताए ।

तालिम दिन काठमाण्डौं देखि आएका काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरुले यो बिषयमा उनीहरुलाई क्लास चलाएका थिए ।


काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थी सागर लामिछाने साझासवालकर्मी सँग भने हामीले बिश्बले बनाएका प्राबिधिक बस्तुहरु प्रयोग गरेका छौं तर तिनिहरु कसरी बनेका छन् भन्ने बारेमा क    जानकारी छैन त्यहि कारण हामीहरु परनिर्भर हुन परेको छ । त्यसतै पर्वत पाङ्ग घर भएका काठमाण्डौं     ईन्जीनियरिङ्ग कलेजका अर्का बिद्याथी तथा यो तालिम टिमका कोअडिनेटर माधब रिजालले अगाडी थपे यहाँका बिद्यार्थीमा सिक्ने क्षेमता निकै राम्रो छ उनीहरुलाई धेरै कुरा थाहा छ तर कसरी के गरेर निमार्ण गर्न सकिन्छ भन्ने मात्रै ज्ञान छैन हामीहरुले यो तिन दिनमा त्यो दिएका छौं ।

पर्वतमा प्रबिधीको बिकास तथा आफुले अध्यायन गरेको बिषय कार्यान्वयन गराउने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको नमुना आबासिय उच्च माबिमा सहायक प्रिन्सीपल खेमराज शर्माले बताए ।

शर्माले भने सधै आकाशमा उडेका प्लेन हेरीरहेका बिद्यार्थीहरुलाई त्यो कसरी उड्छ भन्ने बारेमा जानकारी पाउनु, डोजर चलेको देखेकाहरुले कसरी चल्दो        रहेछ भन्ने जानकारी पाउनु साथै ड्रोन क्यामरा कसरी उड्छ र तस्बिरहरु कसरी कैद गर्छ भन्ने बारे जानकारी पाउँनु गौरबको कुरा भएको बताए ।

नमुना आबासिय उच्च माबिमा आयोजना भएको यो प्राबिधिक तालिम तिन दिन सम्म चलेको र मंगलबार बिद्यार्थीहरुले आफुले निर्माण गरेका प्राबिधिक बस्तुहरुलाई सफल परिक्षण पनि गरेका हुन् ।

यसले पर्वतका बिद्यार्थीहरुमा प्राबिधिक क्षेमताको बिकास भएको बताइएको छ । पर्वत सदरमुकामका कुश्मा बजारका ५ बिद्यालयका करिब ५० जना भन्दा बढी बिद्यार्थीहरुलाई दिएको सो तालिममा काठमाण्डौं  ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरु रबि गुरौं, सागर लामिछाने, आसिष जैसवाल, मनिस अधिकारी र टिम कोअडिनेटरमा माधव रिजाल रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!