पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ

Posted on: 18 Apr, 2016

बैशाख ६, पोखरा । पोखरामा मोटरसाइकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरेको छ ।

पोखरा ६ हल्लनचोकस्थि टेकनाथ भण्डारीको ग १० प ६७३३ नम्वरको बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गाविस वडा नं २ बस्ने बर्ष २५ को राहुल तामाङ र २५ को अर्जुन तामाङ तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी ९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पुर्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी पक्राउ गरेको हो ।

धादिङको निलकण्ठ नगरपालिका वडा नंम्वर ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेको खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!