एकहप्ते कम्प्यूटर तालिम सम्पन्न

Posted on: 15 Dec, 2016

जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ । 


विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको आयोजनामा  एकहप्ते कम्प्युटर तालिम संचालन गरिएको हो  । 

जिल्लाको भुकदेउराली गाविस वडा नं. १ शेराबेंसी स्थित नवज्योति थम माविका १३ जना तथा ग्रामोदय मावि भंगराका १ जना गरी कूल १४ जना शिक्षकलाई सो तालिम दिइएको हो ।

नवज्योति थम माविमा आधारभूत तालिम शुरु भएसँगै शिक्षकहरु निकै चासोका साथ माउस चलाउन र किबोर्ड खेलाउन अभ्यस्त बन्दै गइरहेका छन् । 


सहभागीहरु तालिम लिन पाएकोमा खुसी देखिन्छन्  । कम्प्युटर शिक्षामा व्यवहारिक र जीपन उपयोगी भएकोले सबैले सिक्न जरुरी रहेको उनीहरुले बताए । ‘शिक्षककेन्द्रीत तालिम भएकाले छोटो समय भएपनि उपलब्धीमूलक भएको कम्प्युटर प्रशिक्षण दिइरहेका राजु पौडेलले बताए ।


 ‘हामीले विगतका कयन् वर्ष अघिदेखि ग्रामीण दुरदराजका विद्यालय पहिचान गरी सीपमूलक शिक्षा उपलब्ध गराउने कुरामा साझेदारी बन्दै आएका छौं ।’ संस्थाका शिक्षा विकास अधिकृत ऋषिराम भुसालले भने–‘यस्तै सीपमूलक र व्यवहारिक शिक्षा अन्यत्रपनि उपलब्ध गराउने तयारी भइरहेको  छ ।’


संस्थाले व्यवहारोपयोगी र गुस्तरीय शिक्षाका लागि विद्यालय केन्द्रीत कार्यक्रम गर्दै आइरहेको र भोलिका दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिइरहने संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले सहारान्यूजलाई जानकारी दिए ।


मंसिर २३ गतेबाट शुरु भएको सो एकहप्ते तालिम २९ गते सम्पन्न भएको छ । सो तालिममा राजु पौडेल र गणेश पौडेलले प्रशिक्षण दिएका थिए ।संस्था  द्वारा ३० गते नै एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई कम्प्युटर ल्याव सहित १२ थान कम्प्युटर समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!