ग्रामिण महिला पनि सार्वजनिक काममा पुरुष सरह सहभागि हुन थाले

Posted on: 15 Dec, 2016

नन्दराम जैसि, मंसिर ३०, जुम्ला ।  जुम्लाको ग्रामिण भेगका महिलाहरु सार्वजनिक विकास निर्माणका काममा पुरुष सरह सहभागि हुन थालेका छन् । पहिले घरायासि काम तथा चुलो चौकोमा सिमित हुने महिलाहरु हाल सार्वजनिक विकास निर्माणका काममा समेत पुरुष सरह सहभागि हुन थालेका हुन् । गाँउमा विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन भएपछि जुम्ला मालिकाठाँटा ६ मालापानि गाँउकि महिलाहरु सार्वजनिक विकासे काममा सहभागि हुनुका साथै पुरुष सरह ज्याला बुझेर काममा लागेका छन् । 

जुम्ला सदरमुकाम देखी १८ कोष टाढा रहेको मालिकाठाँटा गाविसको भवन निर्माण कार्यमा संलग्न महिलाहरु पुरुष सरह काम गर्न थालेका हुन् । गाविसको ६ लाख रकम सहित मालापानि गाँउका स्थानियको जनश्रमदानले करीब १ महिनाको अवधिमा भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै महिलाहरु पनि सार्वजनिक विकासे काममा चासो दिन थालेका छन् ।   

मालापानि गाँउकि हिरा थापाले भन्नुभयो,  गाँउमा पुरुष नै नभएपछि मुख्य मिस्त्रीको काम बाहेक अन्य सबै काममा हामि महिलाहरुनै खटिएका थियौ, गरीबि अशिक्षा र बेरोजगारीका कारण घरमा पुरुष नै नभएपछि, घरायासि होस् वा सार्वजनिक काममा महिलाहरुनै बढि खटिनु पर्ने बाध्यता रहेको छ, उहाले बताउनुभयो । घरको चुलोचौको देखी, मेलापात, घाँस दाउरा गर्दै समाजमा हुने सार्वजनिक काममा समेत धाउनु पर्ने मालापानि गाउँका महिलाहरुको बाध्यता हो । 

गरीबिको कारण काममा नगए आर्थिक समस्या समाधान नहुने र काममा गए, रात मध्यरात नभनि घरको काम समेत आफै गर्नुपरेको मालिकाठाँटा ६ मालापानि गाँउकि बिजुकला बुढाले बताइन् । घरमा पुरुष नभएपछि पुरुषले गर्ने काम समेत आफै गर्नु परेको छ, भन्नुभयो, मेरो मात्र होइन यँहाका सबै महिलाको अवस्था यस्तै छ । बिहान ४ बजेदेखि राति १० बजेसम्म ससुरा, श्रिमानले गर्ने उन छान्ने देखि अन्य सबै काम आफै गर्ने गरेको छु, विजुकलाको भनाइ छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!