उदयपुरमा सातौँ राष्ट्रिय आर्चरी खेल हुने

Posted on: 15 Dec, 2016

मंसिर ३०, उदयपुर । आगामी यही पुस ८ देखि १५ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा पहिलोपटक सातौँ राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

अखिल नेपाल खेलकुद महासङ्घको पहलमा पहिलोपटक उदयपुर जिल्लामा राष्ट्रिय आर्चरी खेल प्रतियोगिता सञ्चालन हुन लागेको कुरा अखिल नेपाल खेलकुद महासङ्घका १ नम्बर प्रदेशका संयोजक तथा केन्द्रीय सचिव किरण राईले बताउनुभयो । 

उक्त खेलमा आठ टिमको सहभागिता हुने भएको पनि राईले बताउनुभएको छ । सहभागी खेलाडी टिममा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका खेलाडी रहनेछन् । अन्यमा पूर्वाञ्चल क्षेत्र, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका राष्ट्रिय खेलाडीले सहभागिता जनाउने भएका छन् । 

उदयपुरमा यो पहिलोपटक आयोजना गर्न लागेको कारण पनि यसलाई सभ्य र भव्य बनाउनका लागि पहल सुरु गरिएको पनि अखिल नेपाल खेलकुद महासङ्घका पूर्वाञ्चल संयोजक राईले बताउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!