सुत्केरीको पुनः अपरेशनपछि मृत्यु, चिकित्सकको लापरवाही

Posted on: 25 Apr, 2016

शिव न्यौपाने/ बैशाख १३, पोखरा ।  लमजुङको करापुटार ७ घर भई पोखरा ५ मालेपाटन बस्ने २३ बर्षीय ईश्वरी पौडेल घिमिरे बैशाख ८ गते विहानै पोखराको ओम अस्पताल पुगिन् । गर्भवती उनी श्रीमान् राजनसँग स्कुटरमै वसेर अस्पताल पुगेकी थिइन् । विहानै अस्पताल पुगेकी उनको गर्भवती जाँच गरियो । अपरेशनको गर्न भनियो र अपरान्ह झण्डै साढे ४ बजे अपरेशन पनि भयो । उनलाई पुत्रीलाभ भयो । अपरेशनपछि पनि आमा र वच्चा दुवै स्वस्थ थिए । भोलिपल्ट बैशाख ९ गते १२ बजे एक्कासी ईश्वरीलाई गाह्रो भयो । चिकित्सक वोलाउन भनियो । १२ बजे बोलाएपनि दिउसो झण्डै साढे ३ बजे चिकित्सक आईपुगे । आन्तरिक रक्तश्राव भएको भन्दै तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी० मा रिफर गरियो । त्यहा लगेपछि पुन स् साझ अपरेशन गरियो । दोस्रो पटकको अपरेशनपछि सुत्केरीलाई आईसियुमा राखियो । निजी अस्पताल ओममा पहिले अपरेशन गर्ने र पछि त्यहाबाट रिफर गरेर सरकारी अस्पताल गण्डकीमा पुन स् अपरेशन गर्ने एउटै चिकित्सक थिए । सिनियर डाक्टरको रुपमा चिनिएका निरज कुमार दुवे । दुई पटकको अपरेशनले पनि ईश्वरीको ज्यान बचाउन सकेन । उनको बैशाख १२ गते अर्थात् आईतवार विहान उनको ज्यान गयो । एउटा अस्पतालमा अपरेशन गरेकी सुत्केरीको अर्को अस्पतालमा पुनस् अपरेशनपछि मृत्यु भएपछि आफन्तले गण्डकी अस्पताल परिसरमा आईतवार विहान प्रदर्शन समेत गरे । सुत्केरीको मृत्युपछि उनको घर तर्फकाले शव बुझेर लगेपनि माईती पक्षले वाटोबाटै शब फर्काएर पुन अस्पताल ल्याए र चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै प्रदर्शन गरे । मृतक पक्ष र ओम अस्पताल विच गण्डकी अस्पतालमा दिउसो भएको वार्तापछि आफन्तले साझ शव बुझेर लगेका छन् । उनीहरुले नवजात शिशुको शिक्षा, स्वास्थ्य सहितको जिम्मेवारी ओम अस्पतालले बेहोर्नुपर्ने माग राखेका छन् । मृतकका देवर ज्ञानेन्द्र घिमिरेले ओम अस्पतालको लापरवाहीलेनै भाउजुको ज्यान गएको आरोप लगाए । सुत्केरीको मृत्यु हुनुमा चिकित्सकको पनि लापरवाही भएको उनले बताए । सुत्केरीलाई गाह्रो भएपछि वोलाउदा समयमै आएको भए विरामीको ज्यान बच्न सक्ने उनले बताए । तर पिडित र अस्पतालको समझदारीले कानुनी प्रक्रिया भने सुरु हुन सकेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!