संञ्चारकर्मीहरुका लागी बिपद जोखीम ब्यबस्थापन तीन दिने अभिमुखीकरण सुरु

Posted on: 16 Dec, 2016

ललित बोहरा | पुस १, डडेल्धुरा | क्रियाशिल सञ्चाकर्मीहरुका लागि बिपद जोखीम ब्यबस्थापन सम्बन्धी ३ दिने अभिमुखीकरण शुक्रबारबाट डडेल्धुरामा सुरु भएको छ । 

बिपद जोखीम ब्यबस्थापन, पूर्व सुचना प्रणाली, समाचारमा प्रयोग हुने शब्दावलीहरु लगायतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रमको उद्घाटनमा बोल्दै आयोजक संस्था रुडुककी कार्यकारी निर्देशक सरस्वती खडकाले संस्था उद्देश्य र संस्थाबाट हाल संञ्चाली कार्यक्रमको बारेमा जानकारी गराउर्दै रुडुकको हरेक कार्य क्षेत्रमा पत्रकारहरुको सहयोगको आबश्कता रहेको बताईन ।

यस्तै कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साँउदले डडेल्धुरामा गैरसरकारी संस्था तथा सरकारी कार्यालयहरु मिडीया मैत्री हुनुपर्नेमा जोड दिएका थिए । रुडुक अन्र्तगतको पहल परियोजनाको आयाजना भएको कार्यक्रम शुक्रबार पहिलो दिन बिपदका समाचार, स्टोरी, लेख्दा प्रयोग हुने शब्दवालीको बारेमा प्रस्तुती गरीएको थियो । डडेल्धुरामा क्रियाशिल १८ जना पत्रकारहरु रहेको कार्यक्रम पुष तिन गते सम्म सञ्चालन हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!