सरसफाई सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शूरु

Posted on: 16 Dec, 2016

पुस १, रौतहट । रौतहटलाई पूर्ण सरसफाई अभियानलाई सफल पार्नको लागी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको छ । 

रौतहट सदरमुकाम गौरमा जिल्ला स्तरीय सरसफाई स्वक्षता समन्वय समिति रौतहटको आयोजन ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा युएनहेविटेटको सहयोगमा ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम शुरु भएको हो । तालीममा ५ गाउँका करिव २५ जनाको सहभागीतामा उक्त तालीम सुरु भएको आयोजकले जनाएको छ ।  

कार्यक्रमको उदघाटण सत्र जिल्ला स्तरीय सरसफाई स्वक्षता समन्वय समिति रौतहटका अध्यक्ष एवं स्थानिय विकास अधिकार उमेश वस्नेतको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख जिल्ला अधिकार  नरहरी वरालको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रमममा विशिष्ट अतिथि जिल्ला सरसफाई डिभिजन कार्यालय रौतहट प्रमुख अनिल केशरी, युएनहेविटेटका दिपेन्द्र ठाकुर, आरडिसी नेपालका अध्यक्ष पारस हुसैन, कार्यक्रम संयोजक जफिर अख्तर, विजय, साह, अजहर आलम लगायतका व्यक्तिहरुको उपथितीमा भएको र कार्यक्रमको संचालन बालकृष्ण झाले गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!