अर्को एक पुरुष फेरि डेभिडफल्समा हामफाले, अवस्था अज्ञात

Posted on: 28 Apr, 2016

Devi's Falls1

शिव न्यौपाने |  बैशाख १७,  पोखरा | पोखराको पर्यटकिय स्थल डेभिडफल्समा फेरि एक पुरुष हामफालेका छन् । विहिवार अबलोकनको लागि भित्र छिरेका पुरुष साझ करिब साढे ६ बजे छाँगोमा हामफालेका हुन् ।

डेभिडफल्सको फलामेबार नाघेर हामफालेका अन्दाजी ५० बर्षका पुरुषको पहिचान खुल्न सकेको छैन । उनको अबस्था अज्ञात छ । उनी तल हामफालेलगतै प्रहरीलाई खबर गरिएको थियो । क्षेत्रीय प्रहरी गणको उद्धार टोली साझ घटनास्थल पुगेपनि उद्धारको संभाबना नदेखिएपछि फर्किएको थियो । शुक्रवार विहानै छाँगोमा हामफालेका ब्यक्तीको खोजी गरिने प्रहरीले जनाएको छ ।

पतलेछाँगोका सुरक्षा गार्ड बाबुराम बरालले आफ्नै आखा अगाडि ती पुरुष छाँगोमा हामफालेको बताए । साझ गेट बन्द गर्ने बेला भैसकेकाले भित्र हेर्दै जादा उनी एक मात्र अबलोकनकर्ता थिए । बरालले बन्द गर्ने बेला भएकाले फर्कन आग्रह गरिरहेका बेला उनी तल हामफालेका थिए ।

यसअघि गत चैत्र २० गते पनि काभ्रेका एक पुरुषले छाँगोमा हामफालेर आत्महत्या गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!