महिला सशक्तिकरण श्रोत केन्द्रको अध्यक्षमा दनुवार

Posted on: 18 Dec, 2016

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) | सामुदायीक रेडियो उदयपुरको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्दको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । 

समानता र सशक्तिकरणको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ संस्थाका संस्थापक डा. रेणु अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

शनिवार सम्पन्न केन्द्रको अधिवेशनले २ सदस्य पछि मनोनीत गर्ने गरि ७ सदसिय नयाँ कार्य समिती चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मन्दिरा दनुवार, सचिबमा बन्दना दनुवार, कोषाध्यक्षमा सर्मिला निरौला चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ३ जना पछि मनोनित गर्ने गरि सात सदस्य चयन गरेको निर्वाचन मण्डलका अध्यक्ष महेश्वरी राईले बताउनु भयो । त्यसै गरि समितीको सल्लाहाकार समितीमा रामवति चौधरी, सबिता पोखरेल, पार्वति खड्का र महेश्वरी राई चयन हुनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!