सुकुटीमा चरेस मिसाएर हङकङ लैजादै गर्दा पर्वतका मगर पक्राउ

Posted on: 19 Dec, 2016

पौष ४ पर्वत ।लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् ।

 तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेपाली नागरिकलाई पक्राउ      गरेको छ ।

लागु औषध नियन्त्तण ब्युरो शाखा कार्यालय त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो ।पुस १ गते क्याथे ड्रागन उडान नम्बर केए एक सुन्य तीन बाट हङकङ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा पर्वत लेखफाँट गाविस ८ डाँडा कटेरा ८ का ४१ वर्षिय अबिर शेर्पाजा मगर र कास्की घान्द्रुक गाविस वडा नम्बर ८ गैरिगाउँका ६५ वार्षिय नरमान गुरुङ रहेका छन् । उनीहरुलाई चेकजाँच गर्दा साथमा रहेको हरियो रंगको सुटकेशमा कपडा र धुपसँगै रहेको प्लाष्टिकको पोकामा मासुको सुकुटीमा मिसाएर राखिएको करिब तीन किलो चरेश भेटिएको     हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!